केन्द्रीय समिति विघटनको कुरा निराधार : श्रेष्ठ

50
  •  
  •  
  •  

काठमाडौं, १२ भदौ (ओएनएस) : एकीकृत माओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठले केन्द्रीय समिति बिघटन गरी महाधिवेशन आयोजक समिति बनाउने पार्टीले निर्णय नगरेको बताएका छन् । बुधवारे पूर्व पोलिटव्यूरो र पोलिटव्यूरोको बैठकले केन्द्रीय समिति भङ्ग गरी महाधिवेशन आयोजक समिति बनाउने निर्णय गरेको भन्नेबारेमा समाचार प्रसारित र प्रकाशित भएपछि नेता श्रेष्ठले यस्तो धारणा सार्वजनिक भएको हो ।

आफ्नै निवास हात्तिवन ललितपुरमा बिहीवार पत्रकार सम्म्ेलन गर्दै श्रष्ठले आयोजक समिति बनाउने भन्नेकुरामा सत्यता नभएको बताएका हुन् ।
भर्खरै महाधिवेशन सकिएको अवस्थामा पार्टीका सबै संरचना भत्काएर महाधिवेशन आयोजक समिति बनाउनु सही नहुने श्रेष्ठको भनाइ छ ।


  •  
  •  
  •