काठमाडौ, १ पुष(ओएनएस) : कैलाश विकास बैक लिमिटेडको २१ औ वार्षिक साधारणसभाले २५ प्रतिशत लाभांस अनुमोदन गरेको छ ।
पोखरामा भएको साधारणसभाले १५ प्रतिशत बोनस सेयर र १० प्रतिशत नगद लाभांस अनुमोदन गरेको हो । साधारणसभामा लाभांसवापत प्रदान गरिएको शेयरपछि बैकको पुँजी ८९ करोड पुगेको जानकारी दिइएको छ । यसअघि बैकको चुक्ता पुँजी ७७ करोड ८३ लाख ७७ हजार रहेको बैकले जनाएको छ ।
साधारणसभाले सभाले संस्थापक समूहबाट नारायण पौडेल, गोपालप्रसाद पौडेल, राजेन्द्र गिरी र महेशबहादुर बस्नेतलाई सञ्चालक समिति सदस्यमा चयन गरेको छ । साधारण सेयरधनीका तर्फबाट सुरेशकुमार उपाध्याय, दिपक श्रेष्ठ र ईन्द्रकुमारी गुरुङ सञ्चालकमा चयन गरिएको छ ।