सत्यार्थी सामाजिक कार्यक्रममा सक्रिय

157
  •  
  •  
  •  

काठमाडौं ५ पुस (ओएनएस) :  नेपाल भ्रमणमा आउनु भएका सन् २०१४ को नोबेल शान्ती पुरस्कार विजेता कैलाश सत्यार्थी आज बिहानदेखि सामाजिक कार्यक्रममा सक्रिय भएका छन् । बिहान वागमति सफाईमा सक्रिय सत्यार्थीले सरसफाइमा सबै लागे मात्रै मन सफा हुने सन्देश दिएका छन् ।  उनी आजै दाङ जाने कार्यक्रम रहेको छ ।  हिजो नेपाल आएका उनी भोलि फर्किने कार्यक्रम रहेको छ ।

सन् १९८० बाट आफैले चलाएको ुबचपन बचाओ आन्दोलनु (बाल्यकाल जोगाऔं) अभियानका सञ्चालक ६० बर्ष सत्यार्थी आफ्नो पूर्व प्रतिबद्धता आज नेपाल आउन भएको हो ।  भारतका विभिन्न सर्कस, उद्योग, कम्पनी वा घरेलु कामदार हैसियतमा कार्यरत १२ हजारभन्दा बढी नेपाली बालबच्चालाई सत्यार्र्थीले अभियानले उद्धार तथा पुर्नवसोवासको सहारा दिइसकेको छ ।

सत्यार्र्थीे काठमाण्डु बानेश्वरको एपेक्स स्कुल, सिहं दरबारस्थित राष्ट्रिय योजना आयोग र नयाँ बानेश्वरस्थित संसद भवनमा सभामुख सुवासचन्द्र नेम्वाङलाई भेट गरि संसदमा सम्बोधन गरे । सम्वोधनका क्रममा उनले बालवालीकाको आँखाबाट हेर्न आग्रह गरे ।


  •  
  •  
  •