काठमाडौं ,२५ कात्तिक (ओएनएस) : कैलाश विकास बैंक लिमिटेडले आफ्ना शेयरधनिहरुलाई २५ प्रतिशत लाभांस दिने भएको छ ।
बैंकको हालै बसेको सञ्चालक समितिको बैठकले १५ प्रतिशत बोनस शेयर र १० प्रतिशत नगद लाभांस दिने निर्णय गरेको हो । बैंकले आर्थिक वर्ष २०७०र२०७१को वित्तीय विवरणका आधारमा सो निणर्य गरेको बताएको छ ।
नेपाल राष्ट्र बैंकको स्वीकृति पछि बैंकको साधारण सभाले पारित गरेपछि लाभांस लगानीकर्ताले पाउने छन्।बोनस शेयर वितरण पछि बैंकको चुक्ता पूँजी ८९ करोड ५१ लाख ३४ हजार रुपैयाँ पुग्ने बताइएको छ ।
असोज मसान्तसम्मको वित्तीय विवरण अनुसार बैंकमा कुल निक्षेप सात अर्ब ८१ करोड रुपैयाँ छ । ६ अर्ब ७१ करोड १६ लाख रुपैयाँ कर्जा लगानी गरेको बैंकका २३ वटा शाखा सञ्चालनमा छन् । त्यस्तै तीन शाखा थप गर्न लागेको बैंकले जानकारी दिएको छ ।
केही समयभित्रै तीन वटा शाखा थप्ने तयारी गरेको छ । बैंकले १३ वटा एटिएम मेशिन मार्फत उपभोक्तालाई बैंकिङ सुविधा उपलब्ध गराउदै आएको छ ।