प्रसंग बाेक्सी अाराेप : तीन जना पक्राउ, प्रहरी नायब निरीक्षक निलम्बित

1084
  •  
  •  
  •  

काठमाडौं, २७ फागुन (ओएनएस) : कैलालीको घोडाघाडी नगरपालिका ५ देउकलीमा गत बिहीबार राधा चौधरीलाई बोक्सीकाे अाराेप लगार्इ कुटने भोलेबाबा (तान्त्रिक)रामबहादुर चौधरीसहित अन्य दुई युवतीलाई प्रहरीले पक्राउ गरि अनुसन्धान पक्रिया अघि बढाएको छ।

पक्राउ पर्नेमा सोही ठाउँकी २० वर्षीया किस्मति चौधरी र स्मारिका चौधरी रहेको ईलाका प्रहरी कार्यालय सुख्खडले जानकारी दिएको छ ।

पक्राउ परेकी चौधरीद्धयलाई जिल्ला प्रहरी कार्यालय कैलालीको महिला सेलमा राखिएको जिल्ला प्रहरी कार्यालय कैलाली निमित्त प्रमुख प्रहरी नायब उपरीक्षक सागर बोहरालाई जानकारी दिए। यस अघि नै पक्राउ परेका रामबहादुर चौधरीसहित किस्मती चौधरी र स्मारिका चौधरीलाई जिल्ला अदालतबाट म्याद थप गराई अनसुन्धान कार्य अघि बढाईएकाे प्रहरीले जनाएको छ ।

छाेरीलार्इ बिना कारण तान्त्रिकले कुटपिट गरेकाे भनेर उजुरी दर्ता नराउन गएका अाफन्तकाे उजरी दर्ता नगर्ने ईलाका प्रहरी कार्यालय सुख्खडका प्रहरी नायब निरीक्षक दिनेश विष्ट निलम्बन भएका छन् ।

राधाकाे बोक्सीको आरोपमा कुटपिट पछि घाईते भई उपचारमा रहेकी राधा चौधरीको विषयलाई लिएर सिंगो मुलुकको ध्यान केन्द्रित भएको छ ।

उपचाररत चौधरीको उपचार खर्च सरकारले व्यहोर्ने घोषणा हुँदै गर्दा उनको उपचारलाई लिएर प्रदेश ७ का मुख्यमन्त्री त्रिलोचन भट्टले चासो देखाउनु भएको छ । चौधरीलाई भर्ना गरेको दुई दिन पछि अस्पतालमा पुग्नु भएका मुख्यमन्त्री भट्टले चौधरीको उपचारको विषयमा चिकित्सकसंग जानकारी लिएका छन् । मुख्यमन्त्री भट्टले दोषीलाई कडा कारवाही गर्ने प्रतिबद्धता व्यक्त गर्दै समाजमा यस्ता घटना हुन नदिन जनचेतना फैलाउने कार्य समेत  गर्ने बताए ।

कुटपिटबाट घाईते राधा चौधरीको अहिले सेती अञ्चल अस्पतालको सर्जिकल वार्डमा राखेर उपचार भैरहेको छ । उनको उपचारमा संलग्न चिकित्सक डा. सुरेन्द्र बस्नेतले घाईते चौधरीको आँखा र शरीरभरी निलडाम रहेको जानकारी दिए ।


  •  
  •  
  •