कैलाली र पर्सामा आगलागी, एपीएफद्वारा नियन्त्रण

431
  •  
  •  
  •  

apf logoकाठमाडौँ, १६ चैत(ओएनएस) :  पर्सा जिल्लाको बागेश्वरी तित्रौना–२, चैनपुर वस्ने अनुकूल महरा रामको घरमा चैत १५ गते भएको आगलागी एपीएफ टोली, स्थानीय प्रहरी तथा स्थानीय बासिन्दाले नियन्त्रणमा ल्याएका छन् । रामको घरमा विद्युतीय तार सर्ट भई आगलागी भएको अनुमान छ ।

आगलागीबारे जानकारी पाउनासाथ सशस्त्र प्रहरी बल सुरक्षा बेस बागेश्वरी तित्रौनाबाट खटिएको एपीएफ टोली आगलागी नियन्त्रणमा सकृताका साथ जुटेको थियो । उक्त आगलागीबाट करिब पाँच लाख रुपियाँ बराबरको धनमाल क्षति भएको एपीएफले जनाएको छ ।

यसैगरी, कैलाली जिल्लाको लम्कीचुहा नगरपालिका–१ बल्चौर बस्ने मिलन वादीको घरमा चैत १५ गते भएको आगलागी एपीएफ टोली र स्थानीय बासिन्दाले नियन्त्रणमा ल्याएका छन् । वादीको घरमा खाना पकाउने क्रममा अचानक आगो सल्किएर उक्त आगलागी भएको बताइएको छ । आगलागीबारे जानकारी पाउनासाथ सशस्त्र प्रहरी बल सुरक्षा बेस डुडेझारीबाट एपीएफ टोली खटिई गई आगलागी नियन्त्रणमा जुटेको थियो । आगलागीबाट वादीको करिब ३५ हजार रुपियाँ बराबरको धनमाल क्षति भएको सशस्त्र प्रहरी मुख्यालयका सूचना शाखा प्रमुख एवम् सशस्त्र प्रहरी नायव उपरीक्षक अजय छतकुलीद्वारा प्रेषित विज्ञप्तिमा उल्लेख छ ।


  •  
  •  
  •