कैलालीका ६ हजार ५ सय २९ घरधुरी डुबानमा

48
  •  
  •  
  •  

कैलाली । अविरल वर्षासँगै आएको बाढीले कैलालीका ६ हजार ५ सय २९ घरधुरी डुबानमा परेका छन् । जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार भजनी नगरपालिका, टिकापुर नगरपालिका, जोशिपुर गाउँपालिका, जानकी गाउँपालिका र बर्दगोरिया गाउँपालिका बढि प्रभावित भएको छ ।

डुबानका कारण ३ हजार २७ जना विस्थापित भएका छन् । उनीहरुको उद्दार गरी सुरक्षित स्थानमा सारिएको प्रहरीले जनाएको छ । प्रभावित स्थानहरुबाट नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना, स्थानीय व्यक्तीहरुको सहयोग उनीहरुको उद्दार गरिएको हो ।

 


  •  
  •  
  •