कैलालीमा असईको घाँटी रेटेर हत्या, प्रहरी जवान वेपत्ता

115
  •  
  •  
  •  

काठमाडौं । कैलालीमा प्रहरी सहायक निरीक्षक (असई) को हत्या भएको छ । शनिबारराति धनगढी उप–महानगरपालिका १२ को अस्थायी प्रहरी विट जुगेडामा कार्यरत प्रहरी सहायक निरीक्षक (असई) गोविन्द विक र प्रहरी जवान रामबहादुर साउँद ड्युटीमा निस्किएका थिए ।

जसमध्ये एकजनाको शव मोहना नदीमा भेटिएको थियो । सुदूरपश्चिम प्रदेशका डीआईजी उत्तमराज सुवेदीले सो शव असई गोविन्द विकको भएको पुष्टि भएको बताए। घटनास्थलमा रहेका एक प्रहरीका अनुसार असई विकको घाँटी रेटिएको छ ।

प्रहरी जवान रामबहादुर साउँद भने फेला परेका छैनन् । तर उनले प्रयोग गर्ने गरेको मोबाइल भने फेला परेको छ । उनको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ । तस्कर समूहले प्रहरीको हत्या गरी पानीमा फालेको हुनसक्ने प्रहरीको अनुमान छ ।


  •  
  •  
  •