कैलालीको सिडियो, सशस्त्र प्रहरी र नेपाल प्रहरीका डीआईजी परिवर्तन

105
  •  
  •  
  •  

काठमाडौं, ८ भदौं (ओएनएस) ; सरकारले सुदूरपश्चिमका सशस्त्र प्रहरी र नेपाल प्रहरीका डीआईजीको साथै प्रमुख जिल्ला अधिकारी पनि परिर्वतन गरेको छ । कैलालीलको टिकापुरमा सोमबार भएको घटनापछि परिवर्तन गरेको हो ।

कैलालीको टीकापुरमा भएको हिंसात्मक आन्दोलनमा एसएसपीसहितका आठ सुरक्षाकर्मी मारिएपछि गृह मन्त्रालयले पश्चिमका सशस्त्र प्रहरी र नेपाल प्रहरीका डीआईजीलाई हेडक्वाटर तानेको हो ।

नेपाल प्रहरीका डीआईजी रामकुमार खनालको स्थानमा माधव नेपाललाई पठाइएको छ । यसैगरी सशस्त्र प्रहरीका खडानन्द चौधरीको स्थानमा सुरज श्रेष्ठलाई पठाएको छ ।

टिकापुर घटनामा मारिएका नेपाल प्रहरीका एसएसपी लक्ष्मण न्यौपानेको स्थानमा एसएसपी दिनेश अमात्यलाई पठाइएको स्रोतले बताएको छ ।

यसैगरी कैलालीका प्रमुख जिल्ला अधिकारी (सिडियो) राजकुमार श्रेष्ठलाई सरकारले फिर्ता बोलाएको छ । उनको कार्यक्षमतामाथि प्रश्न उठाउँदै गृह मन्त्रालयले उनलाई फिर्ता बोलाउने निर्णय गरेको हो । उनलाई गृहमन्त्रालयमा तानिएसँगै उनको ठाउँमा क्षेत्रीय प्रशासन कार्यालयका मोहन चापागाईंलाई पठाइएको गृह स्रोतले जनाएको छ । टीकापुर झडपमा श्रेष्ठले आवश्यक कदम नचालेको तथा घटनापछि पनि गलत सुचना प्रवाह गरेको भन्दै गृह असन्तुष्ट बनेको बताइएको छ ।


  •  
  •  
  •