थरुहटद्वारा कैलाली–कञ्चनपुरमा आमहड्तालको आह्वान

378
  •  
  •  
  •  

kailai bandधनगढी, २४ मंसिर (ओएनएस) :  थरुहट–थारूवान संयुक्त संघर्ष समितिले कैलाली–कञ्चनपुर जिल्लामा आमहड्तालको आह्वान गरेको छ ।
सरकारले ल्याएको संशोधन विधेयकमा आफूहरुको माग उल्लेख नभएको भन्दै थरुहटले बन्द आह्वान गरेको हो ।

थरुहट–थारूवान संयुक्त संघर्ष समिति कैलालीका कार्यवाहक संयोजक कृष्णकुमार चौधरीले कञ्चनपुर–कैलालीसहित नवलपरासीसम्म थरुहट प्रदेशको माग गर्दै १ दिने आमहड्ताल घोषणा गरिएको जानकारी दिए ।

योसँगै राज्यका हरेक निकायमा थारु समुदायको समानुपातिक सहभागिको ग्यारेण्टी हुनु पर्ने, टीकापुर घटनाका बन्दीलाई रिहा र मुद्दा फिर्ताको माग रहेको जिल्ला कार्यवाहक संयोजक चौधरीले ओएनएसलाई बताए ।

बन्दका कारण कैलाली–कञ्चनपुरका लामो तथा छोटो दूरीका सवारी साधन चलेको छैनन्, बजार पनि ठप्प छ । ग्रामीण क्षेत्रमा फाट्टफुट्ट बजार खुलेपनि सदरमुकाम क्षेत्रका बजार बन्द रहेका छन् ।


  •  
  •  
  •