केही हप्ताभित्रै पार्टी एकीकरण : महासचिव पौडेल

338
  •  
  •  
  •  

रुपन्देही । नेकपाका महासचिव बिष्णु पौडेलले निती, सिद्धान्त र कार्यक्रमका बिषयमा एकिकृत भई सकेपछि अव एकताका काम धेरै बांकी नरहेको बताए ।

गृह जिल्ला रुपन्देहीको निर्वाचन क्षेत्र नम्बर २ कमिटीको आयोजनामा भएको अगुवा कार्यकर्ता भेलालाई मंगलबार बुटवलमा सम्बोधन गर्दै महासचिव पौडेलले अबको केही हप्तामा पार्टी एकीकरणका सम्पुर्ण काम सम्पन्न हुने बताएका छन् ।

उनले बिचार र सिद्धान्तमा एकरुपता नभई पार्टी एक हुन नसक्ने बताउंदै एकता प्रक्रियाले प्रचण्ड र केपी ओलीलाई फरक दृष्टीकोणका साथ प्रस्तुत हुने अधिकार नभएको बताए ।

पार्टी एकिरणको काम सकिए लगत्तै पार्टी र सरकारलाई सहयोग पुग्ने गरि बिशाल अभियानका साथ पार्टी जनतामा जाने जानकारी दिंदै उनले अभियानमा पार्टीका कुनै पनि सदस्यहरु फुर्सदमा बस्न नपाउने निर्देशन दिए ।
पार्टीको स्कुल बिभागलाई पार्टीकै प्रमुख अंगकारुपमा ब्याख्या गरिएको प्रति गुनासो गर्दै महासचिव पौडेलले पार्टी स्कुल बिभाग पार्टीको सर्वोच्च अंग नभएको स्पष्ट पारे ।

कार्यक्रममा नेकपाका केन्द्रीय सदस्य तथा रुपन्देही ईन्चार्ज लिला गिरी, सह ईन्चार्ज द्धय दधिराम न्यौपाने र खिमलाल भट्टराई लगायतले पार्टीको संगठन एक भएपनि मन र भावनामा एकता ल्याउन अझै कसरत गर्न आवश्यक रहेको धारणा राखेका थिए ।

महासचिव पौडेल रुपन्देहीको अर्काे कार्यक्रमा बोल्दैे तिनाउ नदीमा कालिगण्डकीलाई डाईभर्सन गरेरै छाड्ने वताएका छन् । कार्यक्रममा कालिगण्डकी डाइभर्सनको कुरा उठाउने नेता पौडेलले आर्थिक वर्ष २०७६÷७७ को अन्त्यसम्ममा डाइभर्सनको विस्तृत अध्ययन प्रतिवेदन डिपिआरे तयार हुने दावी गरे। तिनाउ नदीमा केही वर्ष भित्र कालिगण्डकिको पानी ल्याउने प्रतिबद्धता जनाए ।

‘प्रदेश ४ का मुख्यमन्त्रीले विरोध गरे भनेर कुरा आएको छ, मुख्यमन्त्रीलाई मनाउने जिम्मा मेरो भयो तर तिनाउमा कालिगण्डकीको पानी आउँछ’ उनले भने । उनले कालिगण्डकीको तल्लो क्षेत्रमा पानी कम हुने आंशका रहेको बताउँदै त्यस्तो हुन नदिएपछि जनताले पनि विरोध नगर्ने बताए ।

लामो समयदेखि कालिगण्डकी डाइभर्सनको चर्चा भएपनि यसले मूर्त रुप लिन नसकेको भन्दै आलोचना पनि हुने गरेको छ । तर पौडेलले भने यो वर्ष डिपिआर हातमा आएपछि तुरुन्तै डाइभर्सन सुरु हुने बताए।

नदी वहावलाई डाइभर्सन गरेको अनुभव छैन भेरी बबइको मात्रै अनुभव हो पौडेलले भने ‘३० किलोमिटर लामो सुरुङ खन्नुपर्छ ।’ सरकारले आर्थिक वर्ष ७६ मा ७७ का लागि कालिगण्डकी तिनाउ डाइभर्सन परियोजनाको विस्तृत अध्ययन प्रतिवेदनका लागि बजेट छुट्याएको छ ।


  •  
  •  
  •