प्राधिकरणको प्रवन्ध निर्देशकमा काफ्ले

95
  •  
  •  
  •  

mukesh kafle md neaकाठमाडौं,३० असोज (ओएनएस) : सरकारले नेपाल विद्याुत प्राधिकरणको प्रवन्ध निर्देश्कमा मुकेश काफ्लेलाई बाँकी अवधिका लागि नियुक्त गरेको छ ।

विहीबारको मन्त्रि परिषदको बैठकले काफ्लेलाई नियुक्त गरेको हो । सर्वोच्च अदालतले गत साउनमा काफ्लेलाई नियुक्त गर्न उर्जा मन्त्रालयलाई आदेश दिएको थियो ।

काफ्ले  २०६९ साल मंसिरमा भएको प्रवन्ध निर्देश्कको खुल्ला प्रतिशपर्धामा दोश्रो स्थानमा नाम निकालेका थिए । प्राधिकरणको प्रवन्ध निर्देश्कको पद चार बर्षको हुनेमा उनी अव २ बर्ष २ महिना सो पदमा बस्न पाउनेछन् ।

प्राधिकरणका तत्कालिन प्रवन्ध निर्देशक यादव भ्रष्टाचार अभियोगमा निलम्वन परेपछि उर्जा मन्त्रालयले अर्जुन कार्कीलाई केही समयका लागि प्रवन्ध निर्देश्क बनाएको थियो ।

यादवलाई हटाएपछि सो पदमा आफु नियुक्त हुन पाउने पर्ने माग सहित उनलाई सर्वाच्चले सो पदमा नियुक्त गर्न मन्त्रालयलाई  निर्देशन दिएको थियो ।


  •  
  •  
  •