काबुल हत्याविरुद्ध राष्ट्रसंघको निन्दा

76
  •  
  •  
  •  

एजेन्सी । अफगानिस्तानमा कार्यरत संयुक्त राष्ट्रसंघीय मिसनमाथि भएको हिंसात्मक हमलाको संयुक्त राष्ट्रसंघले निन्दा गरेको छ ।

काबुलमा बम हमलामा परी अफगानिस्तानमा कार्यरत राष्ट्रसंघीय मिसनका कर्मचारीको निधन भएको थियो ।
उक्त हमलाको निन्दा गर्दै संयुक्त राष्ट्रसंघले सोमबार एक विज्ञप्ति जारी गर्दै आक्रमणकारीलाई कानूनबमोजिम कारबाही गर्न आग्रह गरेको छ ।

आइतबार साँझ एकजना व्यक्तिले राष्ट्रसंघका कर्मचारी यात्रा गरिरहेको सवारी साधनमा हमला गरेको थियो ।
हमलामा परी केही कर्मचारीको ज्यान गएको थियो भने अरु केही घाइते भएका थिए । उक्त हिंसात्मक हमलाको कुनै पनि समूहले जिम्मेवारी भने लिएको छैन ।


  •  
  •  
  •