काबुल बम विस्फोट : ६३ को मृत्यु, १८२ घाइते

184
  •  
  •  
  •  

एजेन्सी । अफगानिस्तानको राजधानी काबुलमा एक विवाह समारोहलाई लक्षित गरी भएको बम विस्फोटनमा ६० भन्दा बढीको मृत्यु भएको छ ।

शनिबार राति भएको बिस्फोटमा विवाह समारोहमा सहभागी ६३ जनाको मृत्यु भएको र अन्य १ सय ८२ जना घाइते भएका छन् ।

उक्त विस्फोट राजधानी काबुलको पश्चिमतर्फ शिया बहुल क्षेत्रमा भएको थियो । अफगानिस्तानको मुख्य विद्रोही समूह तालिबानले भने उक्त आक्रमणमा संलग्न नरहेको जनाएको छ ।

अफगानिस्तानको गृहमन्त्रालयका प्रवक्ता नसरत राहिमीले आक्रमणबाट कम्तीमा ६३ जनाको मृत्यु भएको र १८२ जना घाइते भएको पुष्टी गरेका छन् ।

घाइतेहरुमा अधिकांश महिला र बालबालिका रहेको जनाइएको छ ।


  •  
  •  
  •