काबुलमा बम विस्फोट हुँदा ६ जनाकोे मृत्यु

82
  •  
  •  
  •  

काबुल : अफगानिस्तानको काबुलमा बिहीबार भएको बम विस्फोटमा ६ जनाकोे मृत्यु भएको छ ।

राजधानीमा रहेको सिया मुसलमान समुदायको बसोबास रहेका फारसी भाषीहरूले नयाँ वर्ष मनाइरहेका समयमा विस्फोट भएको हो । यस युद्धग्रस्त देशमा भएको यो पछिल्लो आक्रमण हो ।

काबुलमा बिहान भएको एक विस्फोटमा परि ६ व्यक्तिको मृत्यु हुनुको साथै अन्य २३ जना घाइते भएका स्वास्थ्य मन्त्रालयका प्रवक्ता वाहिदुल्लाह मयारले बताएका छन् ।

काबुल विश्वविद्यालय र एक तीर्थस्थलको नजिकै फारसी भाषीहरूको नयाँ वर्षको बिदा मनाउन बसेका अफगान नागरिकको भिडमा सो विस्फोस्ट भएको हो ।

एजेन्सी


  •  
  •  
  •