काबुल आक्रमणका घाइते १६ मध्ये ११ नेपाली

444
  •  
  •  
  •  

काठमाडौं, १४ मंसिर(ओएनएस) । अफगानिस्तानको काबुलमा बुधबार भएको आक्रमणमा ११ जना नेपाली नागरिक घाइते भएका छन् ।

अफगानिस्तानको आन्तरिक मामिला मन्त्रालयले आक्रमणमा ११ नेपाली र पाँच बेलायती नागरिक घाइते भएको पुष्टी गरेको हो ।

उनीहरू कार्यरत रहेको बेलायती सुरक्षासम्बन्धी कम्पनी जीफोरएसले घटनामा परेका व्यक्तिका परिवारलाई यसबारेमा जानकारी गराएको जनाएको छ ।

जीफोरएसको कार्यालय परिसरमा विद्रोही समुह तालिवानको आक्रमणमा परि चार विदेशीसहित कम्तीमा १० जनाको ज्यान गएको थियो । आक्रमणको जिम्मा तालिवानले लिएको छ ।

अफगानिस्तानमा नेपालीहरु निसानामा परेको यो पहिलो घटना भने होइन । यसअघि काबुलको एक आक्रमणमा १२ नेपालीको ज्यान गएको थियो । नेपाल सरकारले रोजगारीका लागि अफगानिस्तान खुला नगरे पनि त्यहाँ ठूलो संख्यामा नेपाली छन् ।


  •  
  •  
  •