एजेन्सी । अफगानिस्तानको राजधानी काबुलमा बम विस्फोट हुँदा उपगभर्नरसहित सचिवको मृत्यु भएको छ ।

मंगलबार उपगभर्नर मोहाब्बातुल्लाह मोहाम्मादी र उनका सचिवको विस्फोटमा मृत्यु भएको आन्तरिक मन्त्रालयका प्रवक्ता तरिक अरियनले पुष्टि गरेका छन्।
अरियाना न्युजका अनुसार स्थानीय समय ९ बजेर ४० मिनेट जाँदा बम बिस्फोट भएको हो।
बम उपगभर्नर चढ्ने टोयटाको ल्यान्ड क्रुजर गाडीमा राखिएको थियो। बिस्फोट हुँदा उपगभर्नरका दुई जना अंगरक्षक पनि घाइते भएका छन्।