कविताको मर्म

161
  •  
  •  
  •  

कसैले वेदनाको सारङ्गी रेटिरहेको बेला
कविता
सहानुभुतिको एक अङ्गालो माया बनिदिन्छ
समयको आकाशमा
सन्त्रासको तातो घाम चर्कीरहेको बेला
कविता कसैलाई


राहात र सान्त्वनाको सितल छाँया बनिदिन्छ
कविताले कहिले मनभरी
मायाप्रीति गाँसीदिन्छ
कहिले मुटुभरी राष्ट्रियता टाँसिदिन्छ
तर, त्यो वाइयात रहेछ
दुनियाँको आँखालाई उपेक्षाको पिरो धुँवाले
पोलेको बेला
कविताले विश्वास र आस्थाको हत्केलाले आँसु पुछ्दै
कतै स्वार्थै स्वार्थले टुक्रिएको देख्न पर्छ
कतै स्वार्थै स्वार्थले टुक्रिएको देख्न पर्छ।

(घिमिरे लमजुङ चिति साहित्य समाजका अध्यक्ष हुन् ।)


  •  
  •  
  •