पुस माघको यो जाडोमा

113
  •  
  •  
  •  

मेरा काला अनुहारसँग
दौडिरहेका रातो नेपाली रगतहरु
पुस माघको यो जाडोमा
लग लग गर्दै झुपडीमा
कापेका मेरा ओठहरुसँग
मालिक मैले तिमीसँग एकसरो
न्यानो कम्बल मागे ।

रुपा थापा

हो एकसरो धोति बेरेर
तिमीलाई बर्सौदेखि पर्खिदा
तिमीले नदेखे पछि
मैले आवाज उठाए ।

बर्सौ देखि नफेरिएका चस्माहरुसँग
त्यो बर्षातको भेलमा
डुब्ने मेरो झुपडीजस्तै
नफेरिएका मेरा निएतिहरुसँग
डुङ डुङ गनाएका सिनोहरु
अव बोक्दिन मालिक भनेर
थोरै मैले चित्त दुखाए ।

मेरो फुलवाको लागि
तिमिसँग अधिकार मागे
तर मालिक तिमीले ठानेउ
यो लाखन त बौलायो ।

मालिक तिम्रो महल
सुनको थालीले सजिदा
यो लाखन ले सिल्वरको थालि
अनि रतन्वा को लागि
आङ ढाक्ने चोली मागेको न हो ।

बर्सौ देखि चुप चाप सहेर
तिम्रा पाउहरुले कुल्चेर
घायल मेरा रक्ताम्य पाऊहरुले
थोरै बिद्रोह गरेको न हो ।

महलमा मिस्ठान्न भोजन बन्दा
मालिक मेरो झुपडीमा पनि
साझ पख चुलो बल्नु पर्छ भन्दा
कहिले नफेरिएका मेरा निएतिहरुसँग
अव त मेरो फुलवा को
नियति बदल्नु पर्छ भन्दा
हो मालिक बौलायो
यो लाखन त बौलायो ।

मैले ऋण काटेर गरेको
मेरो पसिनाको मूल्य
ती मालिकले वर्षाै सम्म नदिँदा
अब लखतरान भएका मेरा काधले
फेरि पनि ऋण काटेर
ती मालिकहरूको भारि बोक्दिन भन्दा
हो सरकार यो लाखन त बौलायो ।


  •  
  •  
  •