कवि सहदेव कोइरालाको गीति एल्बम लोकार्पण

650
  •  
  •  
  •  

काठमाडौं । कवि, गीतकार तथा नायक सहदेव कोइराला (मेरिल्याण्ड) को ‘निम्तो’ कविता संग्रह तथा ‘गहिरो चोट दिएर गयौँ ’ गीति एल्बमको लोकार्पण गरिएको छ ।

नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजित एक कार्यक्रमकाबीच प्रमुख अतिथि पूर्व अर्थमन्त्री एवं वरिष्ठ कवि शंकर कोइराला, कार्यक्रमका सभापति एवं साहित्यिक पत्रकार संघका अध्यक्ष राधेश्याम लेकाली, वरिष्ठ गीतकार एवं समालोचक प्राडा. कृष्णहरि बराल, नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव प्राडा. जगतप्रसाद उपाध्याय, वरिष्ठ रंगकर्मी मदनदास श्रेष्ठ, वरिष्ठ आख्यानकार प्राज्ञ माया ठकुरी, प्राज्ञ हेमनाथ पौडेल, प्राज्ञ देवी गौतम, गुन्जनका अध्यक्ष हिरण्यकुमारी पाठक, समाजसेवी धर्मराज बरालले संयुक्त रुपमा एल्बमको लोकार्पण गरेका हुन् ।

कार्यक्रममा कवि सहदेव कोइरालालाई र मेरठ लिटरेरी फेस्टिवलका अध्यक्ष डा. विजय पण्डितलाई समेत सम्मान गरिएको थियो ।

कार्यक्रममा प्रमुख अतिथि शंकर कोइराला, समालोचक कृष्णहरि बराल, नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव प्राडा. जगतप्रसाद उपाध्याय, कलाकार मदनदास श्रेष्ठ, समाजसेवी धर्मराज बराल, कवि सहदेव कोइराला, सापसका अध्यक्ष राधेश्याम लेकाली, महासचिव पुष्पा खनाल लगायतले मन्तव्य राखेका थिए ।

विमोचित कृतिबाट कवि सन्ध्या पहाडीले कविता वाचन गरेकी थिइन् भने कार्यक्रमको संचालन कवि मनिषा विमलीले गरेकी थिइन् । विमोचित म्युजिक भिडियोको प्रदर्शनी पनि गरिएको थियो ।


  •  
  •  
  •