पोखरेललाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी

104
  •  
  •  
  •  

काठमाडौं । उपप्रधानमन्त्री ईश्वर पोखरेललाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी दिइएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओली स्वास्थ्य परीक्षणका लागि सिंगापुर प्रस्थान गरेपछि राष्ट्रपति विद्यादेवी भण्डारीले पोखरेललाई कावा प्रधानमन्त्रीको जिम्मेवार दिएकी हुन् ।

नेपालको संविधानबमोजिम प्रधानमन्त्रीको सिफारिशमा प्रधानमन्त्रीले गर्ने दैनिक प्रशासनिक कार्य उपप्रधानमन्त्री पोखरेलले सम्हाल्ने जिम्मेवारी दिइएको हो । पोखरेललाई कार्यवाहकको पत्र राष्ट्रपति कार्यालयले दिइसकेको छ ।


  •  
  •  
  •