काठमाडौं, २६ जेठ (ओएनएस) एमालेका नेता केपी ओली उपचारका लागि देश बाहिर रहँदा माधवकुमार नेपाल समुहका भेला निकै हुने गरेका थिए । करिब १ महिना ओली थाइल्यान्डमा रहेका बेला अध्यक्षका आकांक्षी नेपालले ओली समुहमाथि प्रहार गर्दा ओली पक्षका नेताहरु अभिभावकविहिन जस्ता लाग्थे । तर ओली स्वस्थ भएर स्वदेश फर्केपछि ओली समुहका नेतामा एकाएक फुर्ति आएको छ । सोमबार राजधानीको भृकुटी मण्डपमा भेला गरेर ओली समुहले नेपाल पक्षलाई ‘युद्ध’को निम्तो दिएको छ ।
तस्वीरहरू : ओएनएसन्युज