मोदीको भ्रमण अवसर : ओली

177
  •  
  •  
  •  

kp oli

काठमाडौं, १६ साउन (ओएनएस) :  नेकपा एमालेका अध्यक्ष एवं संसदीय दलका नेता केपी शर्मा ओलीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमणलाई अधिकतम फलदायी बनाउनु पर्ने बताएका छन् । मोदीको भ्रमण नेपालका लागि अवसर भएको उनको भनाइ थियो ।

व्यबस्थापिका संसदको बिहीबार बसेको बैठकको विशेष समयमा नेता ओलीले मोदीको सुरक्षा प्रबन्ध गर्न र यस अवसरलाई अधिकतम प्रयोग गर्न सरकारको ध्यानाकर्षण गराए । ‘मसंग बोल्नु पर्ने धेरै कुरा थिए, तर आज संसदमा म अन्य विषयमा कुरा गर्दिँन, सम्मानीय प्रधानमन्त्रीलाई स्वागत गर्न चाहान्छु ।’

विद्युत व्यापार सम्झौताको सम्बन्धमा दलहरुबीच सहमति भइसकेकोले यो बाहेकका अन्य विषयमा दलीय सहमति नभई गर्न नहुने ओलीले बताए । यसपकट भारतीय पक्षले नै प्रधानमन्त्रीको नेपाल भ्रमणको अग्रसरता लिएका कारण यसलाई अधिकतम सदुपयोग गर्नुपर्ने उनले बताए ।

नेपाल भारतबीच डुबान, व्यापारलगायतका सरोकार भए पनि यसलाई कुटनीतिक तवरबाट समाधान गर्नुपर्ने ओलीले बताए । ‘विषगयत रुपमा बोल्ने बाहेक निरपेक्ष ढंगले बिरोध गर्नु कसैका लागि फाइदा जनक छैन, केही दल विशेषले यो बिषयलाई बिरोधका लागि मात्र लिनु दुर्भाग्य हो ।’


  •  
  •  
  •