काठमाडौं, ११ माघ (ओएनएस) : संविधानसभामा प्रस्ताव समिति गठन गरिएपछि विपक्षी मोर्चाले तीब्र विरोध गर्दै प्रतिकार गर्ने बताइरहदा एमाले अध्यक्ष केपी शर्मा ओलीले त्यसको जवाफ दिएका छन् ।
ओलीले एमालेको राजविराज कार्यलयमा आक्रमण हुँदा पनि संयमता अपनाउँदै आएको बताउँदै भने ‘ तर टाउको फुटाउँदा पनि सहेर बस्छौ भन्न सकिन्न । ’
उनले एमओवादीले आक्रमण गर्दा प्रतिवाद गर्ने पक्षमा आफुहरु नभएको बताउँदै अघि भने ‘ हामी भरसक प्रतिवादमा जाँदैनौ । तर, प्रतिवाद गर्न परे धेरै महङगो पर्न जानेछ ।’
उनले एमाओवादीलाई व्यङ्ग्य गर्दै भने ‘अहिले बाघलाई बिरालोले जिस्काए जस्तो भइरहेछ । ’ संविधान बनाएरै छाड्ने बताउँदै कतै ढलपल गर्ने पक्षमा नभएको बताउँदै ओलीले भने, ‘ गड्यौलाको टुप्पो छोए जस्ता यता उता सर्ने पार्टी एमाले होइन ।’
संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङले विपक्षीको चर्काे विरोधका बीच आइतबार प्रस्ताव समितिको गठन गरेका थिए । गठनप्रस्चात आक्रोशित बनेका एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सभाध्यक्षले प्रतिगामी कदम चालेको भन्दै त्यसको प्रतिरोध गर्ने बताएका थिए ।