काठमाडौं, २६ पुस (ओएनएस) : एमाले अध्यक्ष केपी ओलीले संविधान निर्माणमा भए विवाद अन्तरवस्तुको नभई ‘सत्ताको बार्गेनिङ विवाद’ भन्ने आरोपको खण्डन गर्दै प्रधानमन्त्री बन्न कुनै हतार नभएको बताएका छन् ।
पार्टी केन्द्रीय कार्यालय बल्खुमा शनिबार आयोजित पत्रकासम्मेलनमा ओलीले आफुलाइँ प्रधानमन्त्री बन्न हतार भएको भए आफ्ना अडान छाडिसक्के बताए । उनले राष्ट्रहितको लागि आफुले अडान रोखे बताउँदै मधेशी मेर्चाका नेतालाई अपमान गरेको भन्ने आरोप पनि खण्डन गरे ।
ओलीले संविधान निर्माण आलु वा प्याज किनेजस्तो बार्गेनिङका आधारमा नहुने बताएका बताए । उनले भने–‘संविधान आलु या प्याज किनेजस्तो होइन, एउटाले ५० रुपैयाँ भन्ने, अर्काले ६० भन्ने र ५५ मा मिल्ने ।’
‘ एक मधेशी नेतालाई विरामी भएर जे पनि बोल्दै हिड्छन् भनेर अपमान गरेका छन् । मेरै अपमान भएको छ ।’ ओलीले भने ‘ चार दलको बैठकमा मैलै बोल्दाबोल्दै साथीहरु बुरुक्क उफ्रेर निस्कनुभयो”, अनि बाहिर आएर मबिरुद्ध नानाथरी भन्नुभयो । अपमान मेरो भएको छ ।’
ओलीले संविधानको निर्माण गर्ने अन्तिम चरणमा विवाद नगर्न भन्दै मोर्चालाई चार दलको बार्ता आउन आग्रह गरे । ओलीले जनताले प्रक्रिया नभई संविधान खोजेको बताउदै सबैको सहमतिमा माघ ८ मै संविधान आउने दाबी गरे । केहि सभासद सहमतिमा नआएपनि संविधान जारी हुने ओलीको भनाई थियो । ओली भने ‘ हल्ला गरेर मात्र संविधान बन्दैन । संबिधानसभामा हल्ला गर्नेको मुखमा लड्डु हाल्नुपर्ने हो ?’
प्रदेशको संख्या, निर्वाचन प्रणाली, सांसद संख्यामा लचक बन्न सकिए पनि राष्ट्रिय हित, जनताको अधिकार, भौगोलिक अखण्डतामा सम्झौता नगर्ने ओलीले बताए ।