ज्योति लाइफ इन्स्योरेन्सको शेयर बुधबारदेखि कारोबार

38
  •  
  •  
  •  


काठमाडौं । ज्योति लाइफ इन्स्योरेन्सको शेयर बुधबारदेखि कारोबारमा आउने भएको छ । उक्त शेयर मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको छ ।
कम्पनीले सार्वसाधारणलाई निष्काशन गरेको ६६ लाख कित्तासहित २ करोड २० लाख कित्ता शेयर नेप्सेमा सूचीकृत भएको हो ।
नेप्सेले सूचीकरण सम्झौता भएको दोस्रो दिनबाट कम्पनीको शेयर कारोबारमा आउने जनाएको छ ।


  •  
  •  
  •