थाइल्याण्डको गहना मेलामा नेपाल सहभागी हुने

656
  •  
  •  
  •  

काठमाडौं, १७ भदौ (ओएनएस) ः थाइल्याण्डको बैंककमा हुन लागेको  सुनचाँदी गरगहना मेलामा नेपालले सहभागीता जनाउने भएको छ । नेपाली गरगहनालाई विश्वबजारमा चिनाउने उद्देश्यले सो मेलामा सहभागी हुन लागेको नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष मणिकरत्न शाक्यले बताए ।

आगामी भदौ २४ गतदेखि हुने उक्त मेलामा नेपाली गहनाका १४ ओटा स्टल रहने छन् । त्यहाँ नेपाली मौलिक गहना मात्र राखिने बताइएको छ ।

मेलामा नेपाल हस्तकला महासंघको ९ ओटा र नेपाल सुनचाँदी व्यवसायी महासंघको ५ ओटा स्टल रहनेछन् ।

मेलामा गोल्डेन जेम्स,सेञ्चुरी ह्याण्डी क्राफ्ट,ओमेन एक्सप्रेसन ,रोयल जेम्स एण्ड ज्वेलरीलगायतले सहभागीता जनाउनेछन् ।

बैंककमा हुने १४ औं जेम्स एण्ड ज्ेवलरी मेला एशियाकै ठूलो मेलामध्ये एक हो । मेलामा २ हजार ५ सय स्टल रहनेछन् । मेला २८ गतेसम्म  चल्ने बताइएको छ । साथै नेपालले आगामी जनवरीमा जर्मनीमा हुन लागेको जर्मनी गहना मेलामा पनि भाग लिने भएको छ ।

विश्वबजारमा नेपाली गहनाको माग हुने गरेपनि सरकारले यस्ता गहना निर्यात गर्न आवश्यक नीति नियम सहज नबनाएकोले निर्यात गर्न नसकिएको अध्यक्ष शाक्यले बताए  ।  ‘सरकारले सहज वातावरण बनाएमा नेपाली गहना निर्यात गर्न सकिन्छ’ उनले भने ।

सो अवसरमा नेपाल हस्तकला महासंघका अध्यक्ष हेमरत्न शाक्यले आगामी आर्थिक बर्षदेखि हस्तकला महासंघले चाँदीसहित सुनका गरगहना निर्यात गर्न लगेको जानकारी दिए  । केही बर्षयता चाँदीका गहनाको निर्यात घट्दै गएको छ ।

नेपालबाट निर्यात हुने चाँदीका गहनामा क्याडियम तथा शिशा मिसिएको भेटएिपछि गहना निर्यात क्रमशः घट्दै आएको थियो ।


  •  
  •  
  •