आवेगमा अर्चना जवानी

74
  •  
  •  
  •  

‘बिक्रीमा छ योवन मेरो, किन्ने कोही छ कि?’ बालाजुस्थित चलचित्र विकास कम्पनीको स्टुडियोमा अर्चना डेलाल यो आइटम सङमा नाचिरहँदा सबैजना बलिउडको मुन्नी बदनाम हुईको झलक सम्झिरहेका थिए। वास्तवमा यो आइटमा स्वर पनि मुन्नी बदनाम हुई गायिका ममता शर्माकै थियो। ममताको कामुक स्वर पाएको आइटममा नाच्ने क्रममा अर्चना पनि उस्तै कामुक ढंगले कम्मर मर्काइरहेकी थिइन् भने उनलाई आइटम सङमा साथ दिइरहेका थिए युरोपबासी नायक ध्रुव दत्तले। यसमा संगीत दिएका छन् चर्चित युवा संगीतकार अर्जुन पोखरेलले। अर्चना र ध्रुवलाई आइट सङमा नाच्नका लागि कविराज गहतराजले कोरियोग्राफी गरिरहेका थिए भने पुरुषोत्तम प्रधानले यसलाई मेहनतका साथ खिचिरहेका थिए।

आइटम सङ थियो निर्माणाधीन फिल्म ‘आवेग’का लागि। आवेगको युनिटले यो आइटम सङबाटै छायांकन कार्य शुरू गरेको हो। निर्माण समूहको कुरा पत्याउने हो भने यो आइटम सङ खिचिएको सेट १० लाख रुपियाँमा तयार पारिएको हो। वसन्त निरौलाले निर्देशन गरिरहेको फिल्म गीतकार सूर्य कार्कीको लगानीमा निर्माण हुँदै छ। फिल्ममा अर्चना र ध्रुवका साथमा आर्यन सिग्देल, पवित्रा आचार्य, रमेश बुढाथोकीलगायतले प्रमुख भूमिकामा अभिनय गरेका छन्। फिल्ममा द्वन्द्व भने अष्ट महर्जनको रहनेछ।समाचारपत्रबाट


  •  
  •  
  •