धरौटीमा छुटे जुवाडे

63
  •  
  •  
  •  

काठमाडौं । गोरखाको सिरानचोक गाउँपालिका वडा नम्बर ७ स्थित खहरेबाट प्रक्राउ परेका जुवाडे धरौटीमा छुटेका छन् ।

फाइल तस्बिर

गत कात्तिक २९ गते पक्राउ परेका १७ मध्ये पाँच जना जनही पाँच हजार रुपैयाँमा धरौटीमा रिहा भएका हुन् । प्रमुख जिल्ला अधिकारी तिर्थराज भट्टराईको आदेशले मुलुकी अपराध संहिता २०७४ को दफा १२५ को ९२० ९क० बमोजिम पहिलो पटक कसुर गरेको आधारमा प्रतिवादी मध्येका प्रेम बहादुर गुरुङ, सोम बहादुर गुरुङ, सुक बहादुर गुरुङ, धन बहादुर गुरुङ र किसान गुरुङ जनही ५००० हजार जरिवाना तिरेर रिहा भएका हुन् ।

अन्य १२ जना भने आइन्दा त्यस्तो कार्य नगर्ने लिखित कागजपछि रिहा भएका छन् । उनिहरु जुवामा च्याखे थापेको आरोपमा पक्राउ परेका थिए । प्रक्राउ परेका १७ जना जुवा खालका हेरालुहरुलाई भने सम्झाइ बुझाइ गरि स्थानीय नवराज पुडासैनीको जिम्मा लगाएर छोडिएको छ ।


  •  
  •  
  •