सात जुवाडे पक्राउ, ४६ हजार बरामद

353
  •  
  •  
  •  

काठमाडाैँ, २ बैशाख (अाेएनएस) : जुवा खेलिरहेका अवस्थामा प्रहरीले सात जुवाडेलार्इ पक्राउ गरेकाे छ।

शनिबार काठमाडाैँ-१४ कुलेश्वर लिकंनमार्ग स्थित भिम महर्जनको घरमा मकवानपुर कुलेखानी १ घर भई हाल साेही ठाउँमा बस्ने ४८ वर्षीय श्याम नगरकोटीले संचालन गरेको श्याम नेवारी एण्ड खाजा घरबाट उनीहरुलार्इ प्रहरीले पक्राउ गरेकाे हाे।

पक्राउ पर्नेमा मकवानपुर कुलखानी-१ घर भई हाल काठमाडाैँ-१४ कुलेश्वर बस्ने खाजा घर संचालक श्याम नगरकोटी,
साेही ठाउँका चुन्नेपाखा बस्ने ४५ वर्षीय महेश्वर डंगोल र पर्सा बिरगंज घर भई हाल काठमाडाैँ-१४ कुलेश्वर बस्ने ४० बर्षीय बिसाल कार्की रहेका छन्।

त्यस्तै पक्राउ पर्नेमा काभ्रे नमोबुद्ध घर भई हाल साेही ठाउँमा बस्न ४८ वर्षीय दुर्गा नाथ,  साेही ठाउँका ३४ वर्षीय बिकास महर्जन, ४० वर्षीय सुनिल ओझा र ५४ वर्षीय जगत गुरुङ रहेका छन्।

विशेष सूचनाकाे अाधारमा महानगरीय प्रहरी वृत कालिमाटी द्धारा खटिएकाे प्रहरी टोलीले उनीहरुलार्इ पक्राउ गरेकाे हाे।

प्रहरीले जुवाकाे खालबाट नगद ४६ हजार एक सय रुपैयाँ र ४ थान बुक तास बरामद गरेकाे थियाे ।

 


  •  
  •  
  •