५८ सालमा नियुक्त बाहेक सबै जिल्ला अदालतका न्यायाधीश सरुवा

341
  •  
  •  
  •  

काठमाडौं,  ३१ असार (ओएनएस) : सर्वोच्च अदालतमा कल्याण श्रेष्ठ प्रधानन्यायाधीश नियुक्त भएलगत्तै विगतमा हुन नसकेका संरचनात्मक सुधार र पूर्णता दिने कामहरू फटाफट हुन थालेका छन् ।

निमित्तका भरमा चलेका सर्वोच्च अदालत र न्यायपरिषद सचिवालयमा क्रमश: श्रीकान्त पौडेल र कृष्ण गिरीलाई सचिवमा बढुवा एवम् पदस्थापन गरिएको छ । ०५८ सालमा नियुक्त बाहेक सबै जिल्ला अदालतका न्यायाधीशहरू सरुवा भएका छन् । ०५८ मा नियुक्त जिल्ला अदालतका न्यायाधीशहरु भने अब एकैचोटि पुनरावेदन अदालतमा चढ्नेछन् ।

त्यसैगरी पुनरावेदन अदालतका ३४ न्यायाधीशको सरुवा भएको छ । हिजो र आज गरी लगातार बसेको न्यायपरिषद बैठकले न्यायाधीश हेरफेरको काम गरेको हो । अब तत्कालै सर्वोच्च अदालतमा न्यायाधीश नियुक्त गर्ने तयारीमा न्यायपरिषद रहेको छ ।

सर्वोच्चमा न्यायाधीश नियुक्तिपछि न्यायिक सुधारका काम इजलासबाटै अघि बढाउने संकेत देखिएका छन् । आर्थिक वर्ष परिवर्तनको संक्रमणमा भरपूर मात्रामा संरचना सुधारका काम गर्न खोजेको देखिन्छ ।


  •  
  •  
  •