जुरेका पहिरो पीडित बालबालिकालाई छात्रवृति वितरण

811
  •  
  •  
  •  

सिन्धुपाल्चोक, २१ चैत(ओएनएस) : सिन्धुपाल्चोकको जुरेमा गएको बाढिपहिरो पिडीतका बालबालिकालाई छात्रवृति वितरण गरिएको छ । संयुक्त अधिराज्य अमेरिकामा बसोबास गदैँ आएका नेपाली तथा नेपाल स्थित गैरसरकारी संस्था स्वास्थ्य, वातावरण तथा युवा समाज नेपाल (हे–नेपाल)को पहलमा छात्रवृति वितरण गरिएको हो ।

विद्यालयका प्राध्यापक, विद्यालय व्यवस्थापन समिति, अभिभावक, शिक्षक र पत्रकारको रोहवरमा २०७१ साल श्रावण १७ गते गएको बाढी पहिरोमा परेका परिवारका पाँच जना बालबालिकालाई जनही दश हजारका दरले सो रकम वितरण गरिएको छ ।

छात्रवृति रकम वितरण कार्यक्रममा वनसाँघु माध्यामिक विद्यालयका प्राध्यापक बलराम तिमिल्सिनाले छात्रवृतिबाट छात्रछात्रालाई थप अध्ययनमा सहयोग पुग्ने बताए । उनले हाल विद्यालय भाडामा सञ्चालन भैरहेको उल्लेख गदैँ विद्यालय भवन तथा पूर्वाधारमा थप सहयोग आवश्यक रहेको बताए । विद्यालयका प्राध्यापक तिमिल्सिना र हे–नेपालका अध्यक्ष सुदीप खनाले बालबालिकालाई छात्रवृति प्रदान गरेका थिए ।

२०७१ सालको वर्षा याममा नेपालको विभिन्न जिल्लामा गएको पहिरो र अविरल वर्षा तथा बाढीले पुर्याएको अपुरनीय क्षतिलाई मध्यनजर गर्दै बाढीपिडित नेपाली अनाथ तथा टुहुरा बालबालिकाको पठनपाठनमा सहयोग गर्ने हेतुले हाल संयुक्त राज्य अमेरिकाको टेक्सास राज्यमा रहेका उदय उप्रेती, ओक्लाहोमा राज्यमा रहने द्रोणराज पाण्डेय,  पेन्सलभेनिया राज्यमा रहेका डा. मदन बडाल र ओहायो राज्यमा रहेका दिपेन्द्र थपलियाको संयोजकत्वमा हाल अमेरिकामा बसोबास गर्दै आएका नेपाली दाजुभाइ तथा दिदिबहिनीहरूबाट संकलित सहयोग रकम लक्षित समूहमा प्रत्यक्ष पुर्याउने प्रतिबद्धता अनुरूप हे–नेपालको समन्वयमा सहयोग वितरणको पहिलो चरण स्वरुप सिन्धुपाल्चोक जिल्लाका पाँच जना बाढी पिडित अनाथ टुहुरा बालबालिकालाई आर्थिक राहत स्वरुप तत्काल प्रतिव्यक्ति रु. १०,००० वितरण गरिएको छ ।


  •  
  •  
  •