जुरेमा भीषण पहिरो, १९ को शव फेला

354
  •  
  •  
  •  

DSC00158सुन्दर शिरीष  :- सिन्धुपाल्चोक, १८ साउन (ओएनएस) ः सिन्धुपाल्चोकको जुरेमा गएको पहिरोमा अहिलेसम्म १९ जनाको शव फेला परेको छ ।  शनिबार बिहान दुई बजेबाट राम्चे– ५ र मांखा– १ गएको पहिरोमा परि सयौं बेपत्ता भएको प्रहरीले जनाएको छ । पहिरोमा परी २७ घाईते भएका छन् । मांखा र राम्चेको सीमानामा रहेको जुरेमा माथिबाट पहाडै खस्दा १ सय ५० भन्दा बढि घर पुरीएको हुनसक्ने अनुमान प्रहरीको छ ।

मृत्यु हुनेहरु केहीको मात्र सनाखत भएको छ । बतासे– १ का अभिषेक श्रेष्ठ, मांखा– १ की आसमादेवी श्रेष्ठ, सोहि स्थानकी रामदेवी श्रेष्ठ, गणेशमाया श्रेष्ठ, विमला श्रेष्ठ र श्याम श्रेष्ठको सनाखत भएको प्रहरीले जनाएको हो ।

यसैबीच आज मध्यान्न गृहमन्त्री बामदेव गौतम घटनास्थल आएका थिए । हेलिकप्टरबाट आएका उनले घटनाप्रति नेपाल सरकार स्तब्ध रहेको बताए । ‘यो विपत्तिले नेपाल सरकार स्तब्ध बनेको छ’, उनले भने– ‘यो अबस्थामा तत्काल उद्दारकार्य गरिनुपर्दछ ।’ त्यसको लागि सरकारले सम्पूर्ण शक्ति खर्च गर्न कुनै कसरथ बाँकी नराख्ने उनले आश्वासन दिए ।

अहिले पहिरोले थुनिएको सुनकोसी नदीमा एक छेउबाट पानी बग्ने क्रम बढेको छ । गएरातीदेखि पानी बग्ने क्रम बढेकाले तालको सतह केही घटेको प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद पराजुलीले जानकारी दिए ।

खतरा केही घटेको महसुस गरिएपनि पुरै नदी खोल्न कम्तिमा झै दुई लाग्ने देखिएको छ । ‘पहरोको एक छेउबाट मात्र पानी बगिरहेको छ’, पराजुलीले ओएनएससँग भने– ‘पानीको बहाब जारी रहेकाले खतरा केही घटेको महशुश गरिए पनि ठूलै भेलले पहिरोले निर्माण भएको अस्थायी बा“ध एकैचौटी भत्किए खतरा बढ्न सक्ने नै देखिएको छ ।’ घटनास्थलमा अहिले उद्दारटोली सक्रिय छ । नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र रेडक्रसको उद्दार टोली सक्रिय रहेको प्रहरी नायव उपरीक्षक भरतबहादुर बोहोराले जानकारी दिए । पहाड खसेर सुनकोशीमा झरेपछि पानी थुनीएर ताल बनेको छ । पहिरो खसेर करिव २ सय मिटर अग्लो बाँध बनेको हो । कुनै पनि बेला बाँध पूmट्न सक्ने सम्भावना बढेपछि जुरे तल नदी छेउछाउका लामोसाँघु, खाडिचौर, कोठे, बलेफी र सुकुटेका स्थानीयहरु रातारात विस्थापित भएका छन् ।

उनीहरु अहिलेसम्म पनि आफ्नो घर फर्कन सकेका छैनन् । उनीहरुमध्ये अधिकांश नदीभन्दा माथीका गाउँमा आश्रय लिईरहेका छन् । अत्यन्तै चहलपहल रहने अरनिको राजमार्गका यी बस्तीहरु बगाउने जोखिम उत्तिर्क रहेको छ । जोखिम बढेपछि बस्ती पूरै खाली र सुनसान देखिएको छ । कुनैपनि बखत बाँध पूmट्ने भन्दै प्रहरीले शनिबार र आईतबार दिनभर राजमार्गमा कुनै पनि सवारी साधन गुड्न दिएनन् । नदीको सतह बढ्दै गएपछि बाह्रविसे लगायतका वस्ती डुवानमा पर्नबाट जोगाउन नेपाली सेनाले हेलिकप्टरबाट बम प्रहार गरि बाँधको केहि भाग खोलिदिएको थियो । जसबाट साविकको भन्दा ८० प्रतिशत कम पनि बग्न थालेको थियो ।

अहिले पनि सोहि अनुपातमा पानी बगिरहेको प्रहरीले जनाएको छ । अहिले पनि कुनै पनि बखत बाँध भत्कन सक्ने खतरा रहेको भन्दै प्रहरीले आसपासका स्थानीयहरुलाई सचेत रहन जानकारी गराईरहेको छ । यता, चीनको खासामा भीषण पानी परिरहेका कारण भोटेकोशीमा पानी बढ्न गएका कारण त्यसले असर पु¥याउने भन्दै बाह्रविसे, खुर्सानीबारी, जम्बु, नयाँपुल लगाएतका स्थानीयहरुलाई घर छाडेर सुरक्षित हुन प्रहरीले आग्रह गरेको छ ।


  •  
  •  
  •