जुम्लामा आजदेखि कर्णालीकै ठूलो जात्रा

345
  •  
  •  
  •  

विनोद शर्मा

जुम्ला २६ साउन (ओएनएस) :  जुम्लामा आजदेखि कर्णालीकै ठूलो र लामो जात्रा सुरु हुँदैछ । जनैपूर्णिमाको भोलिपल्ट अर्थात गाईजात्राको दिनदेखि सुरु हुने जात्रा श्रीकृष्ण जन्माष्टमीका दिन मात्रै सकिन्छ । पहिलो दिन आज गाइजात्रा निकालिन्छ भने भोलि रोपाइँ जात्रा निकालिने जात्रा समितिका अध्यक्ष हरि प्रसाद श्रेष्ठले जानकारी दिए । तेस्रो दिनमा सानो पल्टन, मिम बादशाह र अन्य रमाइला आइटम तथा चौथो दिन २९ गते मिम बादशाह, ठूलो पल्टन तथा बाघ भालु जात्रा निकालिने उनको भनाइ छ । जात्रामा हुन सक्ने सम्भावित घटनालाई मध्यनजर गर्दै जिल्ला प्रहरी कार्यालय जुम्लाले सुरक्षा व्यवस्था कडा पारेको छ । जात्रामा मानिसको भिड हुने भएकोले अपराधिक कृयाकलाप नियन्त्रणका लागि सुरक्षा व्यबस्था कडा पारिएको हो । श्रीकृष्ण जन्माष्टमीसम्म हुने कर्णालीकै ठूलो जात्रालाई शान्त र मर्यादित रुपमा सम्पन्न गर्न पोसाक सहित र सदापोसाकमा प्रहरी परीचालन गरिएको प्रहरी नायव उपरीक्षक विश्वमणी पोखरेलले जानकारी दिए । जुम्ला बजारका विभिन्न ठाउँमा गस्ती टोली परिचालन गरिएको बताउँदै उहाँले अपराधिक घटना हुन नदिन बढी मात्रामा सादा पोसाकका प्रहरी परिचालन भएको बताए ।


  •  
  •  
  •