जुम्ला अपडेट : दुर्घटनामा ज्यान गुमाउनेको संख्या १७ पुग्यो, ११ घाइते

239
  •  
  •  
  •  

???????????????????????????????
तस्विर सौजन्य : इ कर्णाली डट कम ।

 जुम्ला, २ चैत (ओएनएस) : जुम्ला बसपार्कबाट कालिकोटको नाग्म बजारका लागि छुटेको बस रारालीही गाविसको वडा नं. १ गाडगुडेनीमा दुर्घटना हुँदा मर्नेको संख्या १७ पुगेको छ ।

१३ जनाको घटनास्थलमै, ३ जनाको अस्पातलमा ल्याउँदै गर्दा बाटोमा र एकजनाको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ ।

११ जना घाइते भएको प्रहरी निरीक्षक इन्द्रवहादुर साउँतले जानकारी दिएका छन् । घाइते मध्ये ३ जनाको अवस्था गम्भीर भएको र ८ जनाको अवस्था सामान्य रहेको उनको भनाइ छ ।

जुम्ला बसपार्कबाट विहान सात बजे छुटेको ना ४ ख ४९७० नम्बर बस साँढे नौ बजे दुर्घटना भएको प्रहरीको भनाइ छ । बस दुर्घटनाको कारण खुल्न सकेको छैन् । एक जनाको सकुशल उद्धार गरिएको छ । घाइतेहरुको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पातल जुम्लामा उपचार भइरहेको छ ।

सडकबाट बस करिब २ सय मिटर तिला नदिको छेउमा खसेको प्रहरीले जनाएको छ । दुर्घटनाको एकिन विवरण आउन बाँकि नै छ । मृत्यु हुने मध्ये गाडी चालक सागर बुढा र सहचालक हर्क बुढा बाहेक अरुको सनाखत हुन नसकेको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ ।


  •  
  •  
  •