जुम्लामा बस दुर्घटनामा ज्यान गुमाउने १८ पुगे, सबैको सनाखत

292
  •  
  •  
  •  

जुम्ला, २ चैत (ओएनएस) : कर्णाली राजमार्ग अन्तर्गत जुम्लाको रारालिहीमा यात्रुबाहक बस दुर्घटनाहुँदा ज्यान गुमाउने सबैको सनाखत भएको छ । जुम्लाबाट कालिकोटका लागि छुटेको ना ४ ख ४९७० नम्बरको बस रारालिही–२ मा सोमबार बिहान दुर्घटना हुँदा १८ जनाको मृत्यु भएको थियो । १४ जना घाइते भएका थिए ।

जिल्ला प्रहरी कार्यालय जुम्लाका अनुसार मृत्यु हुनेहरुमा महावैपाथरखोला–९ का देवु रोकाया र उनको तीन महिनाका छोरा बसन्त रोकाया, कालिकाखेतु–१ का धनलक्ष्मी न्यौपाने रहेका छन् । त्यस्तै शनिगाउँ–५ का रति रोकाया, वड्की–९ का पुष्पराज आचार्य, शनिगाउँ–८ का बसका चालक सागर वुढाको मृत्यु भएको प्रहरी नायव उपरीक्षक बलराम राइले जानकारी दिए ।

बस दुर्घटनामा परी कालिकोटका ३ जना फोईमहादेव–४ का कालीवहादुर वुढा, फोईमहादेव–४ की रेशमकली वुढा र फुकोट–३ का नवराज तिरुवाको मृत्यु भएको छ । यसैगरी वड्की–९ कै पम्फादेवि रावत, तातोपानी–४ का रतन कामीको पनि मृत्यु भएको प्रहरी नायव उपरीक्षक राईको भनाइ छ ।

त्यस्तै जुम्लाको महावैपाथरखोला–५ का जीतेन्द्र अधिकारी, शनिगाउँ–५ का लालविर शाही, वड्की–८ की विजु रोकाया, शनिगाउँ–२ का विजय शाही, कालिकाखेतु–९ का रतन शाही, बसका सहचालक हर्कवहादुर वुढा र नराकोट–६ का राजु वुढाको मृत्यु भएको प्रहरीले जनाएको छ । Jumla Accident 3

बस दुर्घटनामा परी १ वच्चासहित १४ जनाको घटनास्थलमैं मृत्यु भएको र ४ जनालाई कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा उपचारको क्रममा मृत्यु भएको प्रहरी नायव उपरीक्षक बलराम राईले जानकारी दिए । रारालिही प्रहरी चौकीका अनुसार चेक जाँच गर्दा बसमा चालक, सहचालक र बसमालिक सहित ३२ जना यात्रु सवार थिए ।

घाईतेमध्ये शनिगाउँ–२ का हिमाली रोकाया, शनिगाउँ–३ का शिवकली रोकाया र चन्दननाथ नगरपालिका–९ मिचा गाउँका कालीमान सार्कीको अवस्था चिन्ताजनक रहेको प्रहरीले जनाएको छ । उनीहरु तीनै जनालाई हेलिकप्टर मार्फत उपचारका लागि बाँकेको कोहलपुर पठाईएको प्रहरी निरीक्षक ईन्द्रबहादुर साउदले जानकारी दिए ।

बाँकी ११ जना घाईतेको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा उपचार भईरहेको छ । बस सडकदेखि ८४ मिटर तल तिला नदिमा खसेको छ । यसको दुई वर्ष अघि कर्णाली राजमार्गको जुम्ला कालिकोट खण्डको विर्तामोडमा वस खस्दा २८ जनाले ज्यान गुमाएका थिए ।

चालकको तिव्र स्पिडले गर्दा वस दुर्घटना भएको घाईतेहरु वताउछन् । Jumla Accident 2


  •  
  •  
  •