जुम्लामा रोपाइँको चटारो(फोटो फिचर)

120
  •  
  •  
  •  

जुम्ला । जुम्लाका किसानहरु यतिबेला धान रोप्न ब्यस्त छन् ।  चिसो र उच्च स्थानमा फल्ने मार्सीधान जेठको महिना भित्रै नरोपे नपाक्ने भएकाले अहिले जुम्लाका किसान धान रोप्न व्यस्त भएका हुन् ।

जेठको पहिलो हप्ता देखि शुरु भएको रोपाई अन्तिम हप्तामा सकिन्छ । समुन्द्री सतह देखि २ हजार ८ सय ५० मिटरको उचाईमा फल्ने मार्सि धान जुम्लाका चन्दननाथ, चौधबिस, पानसय र सिंजा क्षेत्रका विभिन्न जिल्ला हरुमा रोपाइ धमाधम भइरहेको छ ।

जुम्लाको १३ सय हेक्टर क्षेत्रफलमा मार्सिधानको खेति हुँदै आएको छ । पछिल्लो समय जुम्ली मार्सी चामलको माग बढिरहेकाले पनि किसानहरु मार्सीधान रोप्न हौसिएका छन् ।

 


  •  
  •  
  •