जुम्लामा गर्भवती भएको घरमा हरियो झण्डा

319
  •  
  •  
  •  

विनोद शर्मा

जुम्ला, ८ भदौ (ओएनएस) :
जुम्लामा गर्भवती भएको घरमा हरियो झण्डा राखिने भएको छ । वल्र्ड भिजन जुम्लाको कार्यक्षेत्रमा पर्ने ९ गाविसमा गर्भवती महिला भएको घरमा हरियो झण्डा राखिने भएको हो । कुनै पनि गर्भवती महिलाले सुरक्षित मातृत्व सेवाबाट वञ्चित हुनु नपरोस् भन्ने उद्देश्यले पहिचानका लागि हरियो झण्डा राख्न लागिएको हो । महिला स्वास्थ्य स्वयंसेविकाहरुको सल्लाहमा गर्भवती महिला भएको घरमा हरियो झण्डा राख्ने निर्णय भएको हो ।

स्वयंसेविकाले आ–आफ्नो वडामा रहेका गर्भवतीको तथ्याङ्क सङ्कलन गर्ने र झण्डा राख्ने प्रक्रिया सुरु गरिने मातृ शिशु स्वास्थ्य तथा पोषण परियोजना संयोजक राम बहादुर बुढाले जानकारी दिए । महिला सुत्केरी भएपछि झण्डा निकाली पुनः अर्काे गर्भवतीलाई हस्तान्तरण गरिने छ । हरियो झण्डा भएको घरको गर्भवती महिलाले चार पटक गर्भजाँच गराए नगराएको महिला स्वास्थ्य स्वयंसेविकाले अनुगमन गर्ने र गर्भजाँचका लागि स्वास्थ्य संस्थामा पठाउने परियोजना संयोजक बुढाले बताए ।


  •  
  •  
  •