प्रदेश २ सरकारले आज सार्वजनिक बिदा

57
  •  
  •  
  •  

धनुषा, २ वैशाख(ओएनएस) : जुडशितल पर्वको अवसरमा प्रदेश २ सरकारले आज सार्वजनिक बिदा दिएको छ ।

आन्तरिक मामिला तथा कानुनमन्त्रीले विज्ञप्ति जारी गर्दै जुडशितलको अवसरमा आज सार्वजनिक विदा दिने निर्णय गरेको जानकारी गराएका छन् ।

मिथिलाञ्चलमा नयाँ वर्षलाई स्वागत गर्ने जुडशितल पर्व धुमधामसँग मनाउने गरिन्छ । यस पर्वमा उमेर र मर्यादामा ठूला व्यक्तिले सानालाई शीरमा पानी सिंचित गर्दै वर्षभरी शीतलता, सुख, शान्ति, एवं दिर्घायुको कामना गरी आशिर्वाद दिने चलन छ ।

यस्तै रुख, विरुवाहरुमा पानी हाल्नुको साथै खेतमा मलजल गर्ने गरिन्छ । जुडशितलको दिन मिथिलाञ्चलमा थालपानी खेलिन्छ भने घरघरमा मिष्ठान्न परिकार बनाएर खाने चलन सहि आएको छ ।


  •  
  •  
  •