न्याय परिषद्को बैठक निष्कर्षबिहिन

348
  •  
  •  
  •  

काठमाडौँ, १७ फागुन(ओएनएस) : न्याय परिषद्को आज बसेको बैठक बिनानिष्कर्ष टुङ्गिएको छ ।

आज प्रधानन्यायाधिशको निवासमा बसेको परिषद्को बैठकमा सर्वोच्च अदालतमा न्यायाधीश नियुक्तिका सम्बन्धमा बसेको बैठकमा सहमति हुन नसकेपछि बैठक बिनानिष्कर्ष टुङ्गिएको हो ।

न्यायाधीशको टुङगो लगाउनका लागि बसेको बैठकमा न्यायाधीशको नाममा सहमति हुन नसकेको स्रोतले बताएको छ । बैठकबाट निस्किएका पदाधिकारीले यस बैठकलाई अनौपचारिक भएको बताएको स्रोतको भनाई छ ।

सर्वोच्चमा ११ जना न्यायाधीशको पद रिक्त छ । लामो समयदेखि न्यायाधीश नियुक्ति हुन नसक्दा सेवाग्राही निकै मर्कामा परेका छन् । यही महिनाभित्र न्यायाधीश नियुक्ति हुन नसके प्रधानन्यायाधीश श्रेष्ठको कार्यकाल पनि न्यायाधीश संकटमै बित्नेछ ।


  •  
  •  
  •