न्यायाधीशको सिफारिस पुनः सभामुखलाई

273
  •  
  •  
  •  

काठमाडौँ, २ चैत्र(ओएनएस) : सर्वोच्चको आदेशपछि न्यायपरिषद्ले गरेको ११ न्यायाधीशको सिफारिसलाई पुनः सभामुखलाई पठाएको छ ।

परिषद्को गत फागुन १८ गते गरिएको सिफारिसलाई सभामुख ओनसरी घर्तीमगरले परिषद्मा नै फिर्ता गरेकी थिइन् ।

सभामुख घर्तीले फिर्ता गरेर पठाएको पत्र ‘प्रथम दृष्टिमै त्रुटिपूर्ण’ भन्दै सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेको भोलीपल्ट परिषद्ले सिफारिसलाई पुनः पठाएको हो ।


  •  
  •  
  •