काठमाडौँ, ३० फागुन(ओएनएस) : न्यायपरिषद्को बैठक आज दिउँसो बस्ने भएको छ । न्यायाधीश नियुक्ति प्रक्रियामा भइरहेको विवादका विषयमा छलफल केन्द्रीत हुने बताइएको छ । यस्तै, अन्य विषयमा पनि बैठकमा छलफल हुने जनाइएको छ ।
यसअघि न्यायपरिषदबाट सिफारिस गरिएका ११ जना न्यायाधिसको नाम सभामुख ओनसरी घर्तीले फिर्ता गरेकी थिइन् । त्यसपछि विवादमा परेको यो विषयमा सर्वोच्च अदालतमा समेत रिट दायर भइसकेको छ ।