सर्वोच्चमा न्यायाधीश नियुक्तिको तयारी, आज पनि परिषद बैठक

482
  •  
  •  
  •  

काठमाडौँ, १८ फागुन(ओएनएस) : सर्वोच्च अदालतमा न्यायाधीश नियुक्तिका लागि न्यायपरिषदको बैठक आज पनि बस्दै छ । हिजो निष्कर्षविहीन भएको बैठकलाई आज उपलब्धिमूलक बनाउन अत्यधिक प्रयास गरिने न्यायपरिषद स्रोतले जनाएको छ ।

न्यायपरिषद सदस्य एवम् कानुन, न्याय तथा संसदीय मामिला मन्त्री अग्नि खरेलले आजको बैठक पनि केही दिनदेखि जारी बैठककै निरन्तरता हुने बताए । तर, हिजोको बैठक उपलब्धिबिहीन हुनुको कारणबारे भने उनले बताउन चाहेनन् । ‘कतिपय कुरा सार्वजनिक नगर्ने प्रकृतिका हुन्छन् । समय आएपछि सार्वजनिक गरिन्छ,’ ओएनएससँग उनले भने ।

न्याय परिषद्का प्रवक्ता देवेन्द्रराज ढकालले नतिजा नआउँदासम्म अनौपचारिक बैठक जारी राख्ने समझदारी अनुरूप आज पनि बैठक बस्ने पुष्टि गरे ।  नतिजा आएपछि मात्र त्यसलाई औपचारिकता दिइने ढकालको भनाई थियो ।

सर्वोच्च अदालतमा ११ न्यायाधीशको दरबन्दी रिक्त छ । न्यायाधीश अभाव हुँदा २२ हजार मुद्दाका पक्षहरु प्रभावित छन् ।

केही विवादित कानुन व्यवसायीलाई न्यायाधीश नियुक्त गर्न कानुन मन्त्री अग्नि खरेलले दबाब दिएका कारण कानुन व्यवसायी क्षेत्रबाटै यसको विरोध भएको छ

यसैगरी, संसदको कार्यसञ्चालन नियमावली नबन्दा संसदीय सुनुवाई हुने–नहुने ठेगान छैन । अन्तरिम नियमावलीमा स्पष्ट नभएका विषय पुरानै नियमावलीअनुरुप हुने भनिएकाले ३५ दिनभित्र सुनुवाई नभएमा नियुक्ति गर्न सकिने अनुमानका आधारमा न्यायपरिषदले न्यायाधीश नियुक्तिको प्रक्रिया अघि बढाएको हो ।

सम्बन्धित समाचार: 

https://www.onsnews.com/judiciary-tycoon-in-singhdarbar/

https://www.onsnews.com/harihar-dahal-speaks/

https://www.onsnews.com/judicial-council-meeting/


  •  
  •  
  •