न्यायाधीश लाललाई थप सुरक्षा

113
  •  
  •  
  •  

काठमाडौैं ९ भदौ ।
सर्वोच्च अदालतका न्यायाधीश गिरीशचन्द्र लाललाई थप सुरक्षा दिइने भएको छ। सर्वोच्च अदालत प्रशासनले अदालत तथा सुरक्षा समन्वय प्रबन्ध एकाइका प्रमुख एसपी विश्‍वनिरञ्‍जन प्रधानलाई लालसहितका केही न्यायाधीशलाई थप सुरक्षा दिन निर्देशन दिएको स्रोतले बतायो। न्यायाधीशहरूबाट भएका केही फैसलालाई लिएर उनीहरूमाथि सुरक्षा चुनौती बढेको अदालत प्रशासनको निष्कर्ष छ।

सर्वोच्च अदालत प्रशासनबाट निर्देशन प्राप्त भएको जानकारी एसपी प्रधानले आइतबार महानगरीय प्रहरी आयुक्त कार्यालयका प्रमुख एआईजी विज्ञानराज शर्मा र ललितपुर परिसरका एसपी घनश्याम अर्याललाई गराएका थिए।

न्यायाधीश लालको नख्खुस्थित निवासमा नियमत: अहिले पनि सुरक्षाकर्मी खटिएका छन्। एसपी प्रधानले भने, ‘न्यायाधीशहरूको सुरक्षा गर्नु हाम्रो जिम्मेवारी हो, अहिले भइरहेको भन्दा निगरानी बढाउन निर्देशन भएको हो।’

ललितपुरका एसएसपी पुष्प रञ्‍जितले भने, ‘उहाँ (न्यायाधीश लाल) को निवासमा पनि सुरक्षाकर्मी खटिएका छन्, हामीले बाटोमा थप निगरानी बढाउने हो।’
अन्नपूर्णपोष्ट


  •  
  •  
  •