आफ्नो पक्षमा फैसला नआएपछि सांसदद्वारा न्यायधीशमाथि दुर्व्यवहार

63
  •  
  •  
  •  

काठमाडौं १६ बैशाख ।
एमालेकी सांसद् नेजमा खातुनले आफूले चाहेजस्तो फैसला नआएपति जिल्ला अदालत बाराका न्यायाधीश भोजराज शर्मालाई गालीगलोज गर्दै इजलासभित्रै अभद्र व्यवहार गरेकी छिन् । सांसद खातुनका पति एमाले नेता स्वर्गीय महमुद मालमको हत्या मुद्दामा बुधबार न्यायाधीश शर्माले सजायको फैसला गरेपछि सांसद खातुनले न्यायाधीश शर्मालाई गालीगलौज गर्दै अभद्र व्यवहार गरेकी छिन् ।

न्यायधीश शर्माले मुद्दाको फैसला गरेलगत्तै सांसद खातुन र उनका समर्थकले न्यायाधीश शर्मालाई गालीगलोज गरेका थिए । अभद्र व्यवहार भएपति न्यायाधीश शर्मा इजलास छाडेर चेम्बरभित्र पसेका थिए । खातुनका समर्थकले न्यायाधीश शर्माको चेम्बरको झ्याल ढोका तोडफोड पनि गरेका थिए ।

हत्याका मुख्य योजनाकार एमालेकै तत्कालीन नेता रामचन्द्र प्यासी भएकाले उनलाई सर्वस्वसहित जन्मकैद फैसला हुनुपर्नेमा न्यायाधीश शर्माले १० वर्ष मात्र सजायको फैसला गरेर अन्याय गरेको आरोप सांसद खातुनको छ ।
अन्नपूर्णपोष्टबाट


  •  
  •  
  •