उच्च अदालतका ८० न्यायाधीशले प्रधानन्याधीशबाट सपथ लिए

189
  •  
  •  
  •  

sushila-karkiकाठमाडौं, ५ माघ (ओएनएस) :  हालै नियुक्त उच्च अदालतका लागि ८० न्यायाधीशले पद तथा गोपनियताको सपथ लिएका छन्।

नवनियुक्त न्यायाधीशलाई बुधबार राजधानीमा एक कार्यक्रमका बीच प्रधानन्यायाधीश सुशीला कार्कीले पद तथा गोपनियताको सपथ खुवाएकी हुन् । 

कार्यक्रममा कानुनमन्त्री अजयशंकर नायक पनि उपस्थित थिए ।

न्याय परिषदले गत पुस २८ गते राति न्यायाधीश नियुक्तिको सिफारिस गरेको थियो ।

यद्यपी, न्यायाधीश नियुक्तिमा नेपाल बार एशोसियएन, सरकारी वकील र केही राजनीतिक दलले विरोध जनाउदै आएका छन् ।


  •  
  •  
  •