उच्च अदालतका ८० न्यायाधीशले आज शपथ लिँदै

144
  •  
  •  
  •  

काठमाडौं, ५ माघ (ओएनएस) : उच्च अदालतमा नियुक्त भएका ८० न्यायाधीशको शपथ ग्रहणको कार्यक्रम तय भएको छ ।

सर्वोच्च अदालतमा बुधबार दिउँसो हुने समारोहमा प्रधानन्यायाधीश सुशीला कार्कीले नवनियुक्त न्यायाधीशलाई शपथ खुवाउने कार्यक्रम तय भएको हो ।

न्याय परिषदले गत पुस २८ गते राति न्यायाधीश नियुक्तिको सिफारिस गरेको थियो ।

यद्यपी, न्यायाधीश नियुक्तिमा नेपाल बार एशोसियएन, सरकारी वकील र केही राजनीतिक दलले विरोध जनाउदै आएका छन् ।


  •  
  •  
  •