न्यायधिशले सार्वजनिक जग्गा ‘अतिक्रमण’ गरेको आरोप

66
  •  
  •  
  •  

काठमाडौं, १८ असार (ओएनएस) । न्यायधिशले गोपालप्रसाद पराजुलीले राजधानीको गोंगबुमा सार्वजनिक जग्गा अतिक्रमण्ता गरेको स्थानीयले आरोप लगाएका छन् । उनीहरु अतिक्रमणविरुद्ध आन्दोलनसमेत घोषणा गरेका छन् । गोंगबु गाविस वडा नम्बर ८ महादेवटारका स्थानीय जनताहरु आन्दोलनमा उत्रिएका हुन् ।
न्यायधीश गोपाल प्रसाद पराजुलीले काठमाडौंको गोंगबु गाविस वडा नम्वर ८ महादेवटार स्थित् २१ रोपनी सार्वजनिक जग्गा विगत लामो समयदेखि अतिक्रमण गरेको स्थानीयको आरोप छ ।
बुधबार राजधानीमा पत्रकार सम्मेलन गर्दै गोंगबु गाविस वडा नम्बर ८ महादेवटारका स्थानीय जनताहरुले सार्वजनिक जग्गा अतिक्रमण गरेको बारे सम्बन्धित निकायमा हार गुहार गर्दा पनि कतैबाट सुनुवाई नभएकोले आफूहरु पत्रकार सम्मेलन गर्न बाध्य भएको बताएका छन् । पत्रकार सम्मेलनमा बोल्दै सार्वजनिक जग्गा संरक्षण समितिका सचिव श्रीराम केसीले सार्वजनिक जग्गा भएको थाहा हुँदाहुँदै पनि न्यायधिश पराजुलीले जानाजान शक्तिको दुरुपयोग गरि हजारौ जनताको आँखामा छारो हाल्ने काम गरेको आरोप लगाए ।
नेपाली काँग्रेसका गोंगबु सभापति केदार पाठकले सार्वजनिक जग्गामा जवरजस्ती कम्पाउन्ड लगाउने कामको घोर निन्दा गर्दा पनि कतैबाट सुनुवाई नभएको भन्दै वाल भत्काउन खोज्दा माथिबाट ठाडो आदेश आएको छ भनेर प्रहरीले स्थानीयलाइ हातपात गरेको बताए । कार्यक्रममा स्थानीय वासिन्दाहरुले बिहीबार विहान ७ बजे उक्त सार्वजनिक जग्गामा लगाईएको वाललाई भत्काउने कार्यक्रम समेत रहेको जानकारी दिएका छन् ।


  •  
  •  
  •