जिसस अर्घाखाँचीमा कांग्रेस–माओबादी गठबन्धन विजयी

237
  •  
  •  
  •  

arghankhachi
अर्घाखाँची, ३१ साउन (ओएनएस) : जिल्ला समन्वय समिति अर्घाखाँचीमा कांग्रेस–माओबादी केन्द्र गठबन्धन निर्वाचित भएको छ ।

समितको प्रमुख पदमा कांग्रेसका पूर्वजिल्ला सभापति पिताम्बर शर्मा र उपप्रमुखमा माओवादीका ऋषिबहादुर पुलामी निर्विरोध भए ।

त्यस्तै, महिला सदस्य विमला परियार, झमाकुमारी श्रेष्ठ, लक्ष्मी पौडेल, दलितबाट बलेन्द्र विश्वकर्मा, मुस्लिमबाट सम्शेरदिन मियाँ र खुलाबाट ढालबहादुर राउत क्षेत्री र रेमबहादुर राना मगर सदस्य पदमा निर्विरोध निर्वाचित भए ।

६ स्थानीय तह रहेको जिल्लामा १२ जना मतदाता रहेका छन् जसमध्ये ६ कांग्रेस, ३ एमाले र ३ माओवादी केन्द्रका छन । समिति चयनको लागि कांग्रेस–माओवादी गठबन्धन भएको थियो ।

जस अनुसार उपप्रमुख पुलामी सहित दुई सदस्य खुला सदस्य राउत र राना माओवादीका र शर्मा सहित ६ सदस्य कांग्रेसका हुन् । दुई दलको गठबन्धन भएपछि एमालेले उम्मेदवारी नै दर्ता भएन् ।


  •  
  •  
  •