मधेसी दलबीच महागठबन्धन निर्माण गर्ने तयारी

289
  •  
  •  
  •  

rajendra-mahato-jp-guptaकाठमाडौँ, १२ माघ(ओएनएस) : सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतो र तराई मधेस राष्ट्रिय अभियानका संयोजक जयप्रकाशप्रसाद गुप्ताबीच मधेसमा आन्दोलनरत सबै शक्तिलाई एकत्रित गर्ने भन्दै महागठबन्धन बनाउने विषयमा छलफल भएको छ ।

विराटनगरको एक घरमा मंगलबार भएको छलफलमा महागठबन्धन निर्माण गर्ने विषयमा छलफल भएको हो । सद्भावनाका अध्यक्ष महतोलाई भेट्नका लागि नेता गुप्ता मंगलबार बिहान महतो बसिरहेको निवासमा पुगेका थिए । दुबैले मधेसमा संघर्षरत्त दल र संगठनहरु एकै ठाउँमा मोर्चाबन्दी गर्नुपर्ने कुरा भएको बैठकमा सहभागी एक नेताले बताए । ती नेताका अनुसार महतो र गुप्ताबीच महागठबन्धन बनाउने विषयमा गम्भीर छलफल भएको छ ।

महतो रहेको मोर्चामा उनको दल सद्भावनासहित संघीय समाजवादी फोरम नेपाल, तराई मधेस लोकतान्त्रिक पार्टी र तराई मधेस सद्भावना पार्टी छ भने गुप्ताको तराई मधेस राष्ट्रिय अबियानसहित शरतसिंह भण्डारीको राष्ट्रिय मधेस समाजवादी पार्टी, अनिल झा नेतृत्वको नेपाल सद्भावना पार्टी र राजकिशोर यादव नेतृत्वको फोरम गणतान्त्रिक संघीय समावेशी गठबन्धन निर्माण गरेर छुट्टै आन्दोलनमा रहेको छ ।

भारतको राजधानी नयाँदिल्लीमा उपचाररत्त तराई–मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष एवं मोर्चाका संयोजक महन्थ ठाकुर फर्किएपछि महागठबन्धनको स्वरुपबारे छलफल गर्ने महतोले गुप्तालाई बताएका थिए । नेता ठाकुर बुधबार नेपला फर्कने कार्यक्रम रहेको भन्दै महागठबन्धनको विषयमा थप कुराकानी गरेर अगाडि बढ्ने जानकारी गुप्ताले दिएका छन् ।

गुप्ता नेता रहेको संघीय–समावेशी मधेसी गठन्बन्धनले मधेस आन्दोलनलाई अझ शस्क्त बनाउन महागठन्धनको प्रस्ताव गरेको थियो । महागठबन्धनको विपक्षमा मोर्चाका नेता उपेन्द्र यादव छन् ।


  •  
  •  
  •